प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा वरिष्ठ स्वास्थ्य निर्देशक विजयकुमार झाले प्रदेश २ मा थप २९ जनामा कोरोना पुष्टि भएको बताए।
संक्रमितहरुमध्ये महोत्तरीमा ४ बारामा ७ र रौतहटमा १८ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ८२ जना उपचारपश्चत् डिस्चार्ज भएका छन्।
प्रतिक्रिया