ad ad

समाज


हात चुमेर रोग निको बनाइदिने दावा गर्ने बाबाको कोरोनाका कारण मृत्यु, ३० बाबालाई पक्रेर क्वारेन्टिनमा राखियो

हात चुमेर रोग निको बनाइदिने दावा गर्ने बाबाको कोरोनाका कारण मृत्यु, ३० बाबालाई पक्रेर क्वारेन्टिनमा राखियो

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ९:१५,

 कोरोनाको महामारीका कारण विश्वभर अहिलेसम्म ४ लाख २० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

कोरोनका कारण मृत्यु हुने अनौठा घटना सार्वजनिक भइरहेका बेला भारतमा पनि यस्तै एउटा घटना सार्वजनिक भएको छ।

 भारतमा हातमा म्वाई खाएर बिरामीको रोक निको परिदिने दावा गर्दै आएका मध्यप्रदेशको रतलामको नयाँपूराका एक बाबाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भारतमा झारफुक, जादुटुना, अन्धविश्वास आदिमा विश्वास गर्न मानिसको संख्या उल्लेख्य भएका कारण उनको थुप्रै मानिसहरु पुग्ने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसैैक्रममा उनले हात चुमेर २९ जनालाई कोरोना संक्रमण सारिदिएको बताइएको छ। ती २९ जना उनका भक्त रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

ती बाबाको यही जुन ४ गते मृत्यु भएको थियो। स्थानीय प्रशासनले ती बाबाको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी परीक्षण गर्दा २९ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

यी बाबाले झारफुक पनि गर्दै आएको र उपचारका लागि उनीकहाँ पुग्ने सबै व्यक्तिको हात उनले चुम्ने गरेका थिए।

 एक बाबाका कारण सहरमा कोरोना फैलिएपछि अहिले स्थानीय प्रशासनले त्यस क्षेत्रमा रहेका बाबाहरुको खोजी सुरु गरेको छ। प्रहरीले अहिलेसम्म ३० बाबाहरुलाई नियन्त्रणमा लिएर सहरका विभिन्न क्वारेन्टिनमा राखेको छ

 रतलाम सीएमएचओ डाक्टर प्रभकार ननावारेले नयाँपुराका एक बाबाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरे। उनले बाबाकै कारण सहरमा कोरोना थप फैलिने खतारा भएपछि अन्य बाबालाई पनि खोजी गरी क्वारेन्टिनमा राखेको बताए। उनले पक्राउ परेका ३० बाबाहरुको नमूना संकलन गरिएको र अहिलेसम्म रिपोर्ट नआएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .