ad ad

समाज


क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु, स्वाव परीक्षण हुँदै

क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु, स्वाव परीक्षण हुँदै

नेपालखबर
जेठ २८, २०७७ बुधबार १०:२,

अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कंर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।

भारतबाट आएका खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि खनाल उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा आएका थिए। सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो।

अस्पतालमा उपचारपछि घर फर्कँदै गरेका खनालको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए। उनको स्वाब परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआएको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .