इम्पिरिएल कलेज लन्डनको अध्ययनअनुसार युरोपका विभिन्न ११ देशमा कोभिड १९ महामारीबाट जोगिन लकडाउन लागू गरिएको थियो यसले गर्दा ३० लाख मानिसको ज्यान जोगियो।
अस्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, नर्वे, स्पेन, स्वीडेन, स्विजरल्याण्ड, र बेलायतले गत मार्चको २ देखि विद्यालय, पार्कलगायत मानिसहरु जम्मा हुने सबै स्थानमा प्रतिबन्ध लगाउनुका साथै देशव्यापी रुपमा लकडाउन गरेका थिए।
यदि युरोपेली देशहरुले कोभिडको महामारी नियन्त्रण गर्नका लागि लकडाउन साथै विना औषधीका विभिन्न नियन्त्रणात्मक विधिहरु नअपनाएको भए लाखौँ नागरिकको ज्यान जान सक्ने सो अनुसन्धानले बताएको छ।
युरोपका इटाली, स्पेन र बेलायतमा कोभिड १९ को महामारीबाट सबैभन्दा ठूलो क्षति पुगेको समाचारहरुमा जनाइएको छ। एजेन्सी
प्रतिक्रिया