ad ad

समाज


कर्णाली टिपर दुर्घटना अपडेट : दुईको मृत्यु, ६ बेपत्ता

कर्णाली टिपर दुर्घटना अपडेट : दुईको मृत्यु, ६ बेपत्ता

नेपालखबर
जेठ २८, २०७७ बुधबार ६:२७,

कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु हुनका साथै ६ जना बेपत्ता भएका छन्।

 बुधबार बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको हो।

सो दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता रहेका रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

‘अहिलेसम्म २ जनाको शव निकालिएको छ, ६ जना अझै बेपत्ता हुनुहुन्छ’, नेपालखबरसँग कुरा गर्दै प्रहरी निरीक्षक जोशीले भने।

मृत्यु हुनेहरुमा रास्कोट नगरपालिका २ का शर्मिला सार्की र थम्की सार्की रहेको प्रहरीले जनाएको छ।

कर्णालीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार उक्त टिपरमा ३९ यात्रु रहेका थिए।

अहिले घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

याे पनि :  भारतबाट आएकालाई क्वारेन्टिनमा लिएर हिँडेको टिपर कर्णालीमा खस्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .