ad ad

समाज


सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण

गोकुल जोशी
जेठ २७, २०७७ मंगलबार १०:१८,

सुदूरपश्चिममा मंगलबार थप १० जनामा संक्रमण देखिएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीका ७, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका एक/एक जनामा संक्रमण देखिएको हो। कैलालीको टीकापुर नगरपालिकाका २३, २४, ३६, ४० वर्षीय पुरुष, मोहन्याल गाउँपालिकाका १७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाका २ वर्षीय बालिका र २८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो।

यस्तै,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ वर्षीय पुरुष र दार्चुलाको लेकम गाउँपालिकाका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५५ पुगेको छ। तीमध्ये १८ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .