ad ad

समाज


दुई बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

दुई बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ४:३९,

बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मंगलबादेखि पूर्णरुपले बन्द गरिएको छ।

शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका दुई बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो। अछामस्थित बयलपाटा अस्पतालले एक गर्भवती र आन्द्रामा समस्या भएका अर्का एक बिरामीलाई कोहलपुर सिफारिश गरेको थियो।

शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए।

ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण देखिएपछि रोकिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .