ad ad

राजनीति


जोर्ज फ्लोएड हत्या प्रकरणः अभियुक्त पहिलोपटक अदालत उपस्थित, साढे १२ लाख डलर धरौटी माग

जोर्ज फ्लोएड हत्या प्रकरणः अभियुक्त पहिलोपटक अदालत उपस्थित, साढे १२ लाख डलर धरौटी माग

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ४:४२,

अफ्रिकी मूल (काला जाति) का अमेरिकी नागरिक जोर्ज फ्लोएडको हत्या गरेको आरोप लागेका मिनिअपलिसका तत्कालीन प्रहरी अधिकारी पहिलोपटक अदालतमा उपस्थित भएका छन्।

घटनालगत्तै पदबाट निलम्बित प्रहरी अधिकारी डेरेक शोभिनसँग अदालतले १२.५ लाख डलर धरौटी मागेको बीबीसीले जनाएको छ।

आरोपको गम्भीरता र जनआक्रोशलाई ध्यानमा राख्दै १० लाखभन्दा बढी धरौटी माग गरिएको अभियोजनकर्ताले बताएका छन्।

डेरेक शोभिनविरुद्ध जार्जको हत्या गरेकोलगायत तीन आरोप लगाइएको छ भने अन्य ३ प्रहरी अधिकारीलाई पनि त्यसमा सघाएको अभियोग छ।

गत मेमा प्रहरीको नियन्त्रणमै रहेका बेला फ्लोइडको मृत्यु भएको थियो। हत्या आरोप लागेका प्रहरीले उनको घाँटी थिचेको भिडियो सार्वजनिक भएको थियो।

उनीहरूको यातनाका कारण फ्लाएडको मृ्त्यु भएको भन्दै अमेरिकामा झन्डै २ हप्तादेखि व्यापक विरोध प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .