ad ad

समाज


सुदूरपश्चिममा एकै दिन ३७ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्या १४५ पुग्यो

सुदूरपश्चिममा एकै दिन ३७ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्या १४५ पुग्यो

गोकुल जोशी
जेठ २६, २०७७ सोमबार १५:४४,

सुदूरपश्चिममा सोमबार एकैदिन ३७ जनामा कोरोना संक्रमण देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कञ्चनपुरका १९, डडेल्धुराका ७, दार्चुलाका १०, कैलालीको एक जनामा कोरोना पोजेटिभ देखिएको हो। उनीहरु १९ देखि ५० वर्ष उमेरका छन्।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ती मध्ये १८ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .