ad ad

समाज


पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी र स्थानीयबीच भयो झडप

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी र स्थानीयबीच भयो झडप

नेपालखबर
जेठ २५, २०७७ आइतबार १४:४३,

पश्चिम नवलपरासीमा आज (आइतबार) साँझ स्थानीय बासिन्दा र सशस्त्र प्रहरीबीच झडप भएको छ। त्यस क्रममा प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको छ।

अघि साँझ करिब ६ बजेतिर प्रतापपुर गाउँपालिका-५ बसैयास्थित दशगजामा झडप भएको प्रहरीले जनाएको छ।

भारतबाट एक महिलाले रासायनिक मल ल्याउँदै गर्दा सशस्त्र प्रहरीले रोकेको थियो। त्यसपछि स्थानीय सशस्त्र प्रहरीलाई नै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर पनि भएको जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसीले जानकारी दिएका छन्।

उनका अनुसार झडपमा ६ जना सशस्त्र घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पृथ्वी चन्द्र अस्पतालमा लगिएको छ। ४-५ जना स्थानीय पनि घाइते भएको बताइएको छ।

अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। यस विषयमा भाेलि स्थानीय जनप्रतिनिधिसहितकाे छलफल गरिने बताइएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .