ad ad

समाज


सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरियो

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरियो

गोकुल जोशी
जेठ २४, २०७७ शनिबार ८:४२,

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरिएको छ।

कैलालीको धनगढीका ५१ वर्षीय पुरुष संक्रमितलाई थप उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल रेफर गरिएको सेती प्रादेशिक अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए।

‘संक्रमितमा मिर्गौलाको समस्या पनि थियो, कोभिड सँगसँगै निमोनिया पनि छ। त्यसैले अवस्था जटिल आउन सक्ने भन्दै बिहिबार राति टिचिङ हस्पिटल रेफर गरिएको छ’, डा. कमरले नेपालखबरसँग भने।

भारतबाट फर्किएका ती मानिसमा तीन दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोनाका को साथै संक्रमितको अन्य समस्यालाई मध्यनजर गर्दै सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको संक्रमितको उपचारमा संलग्न डा. निराजन शर्माले जानकारी दिए। उनका अनुसार मिर्गौलाको समस्या रहेका संक्रमित भारतबाट औषधी सेवन गर्ने गरेका थिए।

‘लामो समयदेखि मिर्गौलाको समस्या लिएर औषधी सेवन गरिरहने र कोभिड–१९ को संक्रमण रहेकाले उहाँलाई विशेष किसिमको केयर आवश्यक प¥यो । त्यसैले थप उपचारका लागि लेबल–३ को सुविधा सम्पन्न अस्पताल रेफर गरिएको हो’, उनले भने।

उनका अनुसार सेती प्रादेशिक अस्पताल लेबल–२ को अस्पताल हो। पाँच दिन अघि अस्पताल भर्ना भएका संक्रमितमा क्रमिक रुपमा ज्वरो बढिरहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .