नेपालगञ्जको एक आइसोलेसन सेन्टरमा उपचाररत् १२ जना कोरोना संक्रमित शुक्रबार निको भई घर फर्केका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाका अनुसार सो उपमहानगरपालिकाद्वारा लायन्स डेन्टल अस्पतालमा संचालन गरिएको आइसोलेसन सेन्टरबाट उनीहरु डिस्चार्ज भएका हुन्।
बाँके नरैनापुर गाउँपालिकाका उनीहरु शुक्रबार घर फर्केका छन्।
नरैनापुर क्वारेन्टिनमै रहेका एक युवाको कोरोनाकै कारण केहि दिनपहिले मृत्यु भएको थियो।
भारतबाट आएका सयौं व्यक्तिहरु नरैनापुरका क्वारेन्टिनमा रहेका छन्।
— uma ??? (@umathapanpj) June 5, 2020#अर्को खुशिको खबर ???#नेपालगन्ज उपमहानगरपालिकाद्वारा संचालन गरिएको अईसोलेसन सेन्टर (लायन्स डेन्टल अस्पताल) बाट नरैनापुर गाॅउपालिकाका १२ जना कोरोना (covid-19) लाई जितेर आज घर फर्किनु भएको छ #उच्च मनोबलले कोरोना युद्ध सहजै जित्न सकिन्छ ?? #stayhomestaysafe pic.twitter.com/F4Av7qFddO
Shares
प्रतिक्रिया