काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका दुई बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार गुल्मीका ७६ र पोखराका ६० वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो।
तीमध्ये गुल्मीका संक्रमितलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको उनले बताएका छन्।
पोखराका बिरामीलाई भने ह्याम्सकै आईसीयूमा राखेर उपचार गरिरहेको उनले जानकारी दिएका छन्।
ह्याम्स कोरोना संक्रमितको उपचार गर्ने अस्पताल नभए पनि बिरामीका आफन्तले अन्य ठाउँमा लाने नभनेसम्म आफ्नै अस्पतालमा उपचार गरिने निर्देशक शर्माको भनाइ छ।
कोरोना संक्रमित बिरामी भए पनि अस्पतालका अन्य बिरामीलाई कुनै फरक नपर्ने उनको भनाइ छ। उनका अनुसार ह्याम्समा अहिले २ सय बिरामी उपचारमा छन्।
3
Shares
प्रतिक्रिया