कोरोना भाइरस रोक्न बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पनि खोप बनाइरहेको छ। जसको परीक्षण दोस्रो चरणमा पुगेको विश्वविद्यालयले जनाएको छ।
सम्भावित खोप आपूर्तिका लागि बेलायती र स्विडिस स्वामित्वको कम्पनी आस्ट्राजेनेकाले भारतको सेरम इन्स्टिच्युटसँग सहकार्य गर्न लागेको छ।
यही सन् २०२० को अन्त्यसम्ममा ४० करोड खोप आपूर्ति गर्ने सम्भावना रहेको र गरिब अर्थात् कम आय भएका मुलुकमा बाँड्ने लक्ष्य राखिएको उनीहरूले जनाएका छन्।
अक्सफोर्ड विश्वविद्यालयले एजेडडी १२२२ नामको खोप दोस्रो तथा तेस्रो चरणको परीक्षण गर्ने घोषणा गरेको छ। जसअन्तर्गत १० हजार वयस्कलाई खोप दिइनेछ। बाँकी परीक्षण अनेकौं देशमा गरिने विश्वविद्यालयले जनाएको छ। एजेन्सी
प्रतिक्रिया