सुदूरपश्चिममा बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीमा गरिएको परीक्षणमा डोटीका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
उनका अनुसार डोटीको पुर्वीचौकी–४ का ४५ वर्षीय महिला र २२ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
यस अघि आजै पाँच जनामा संक्रमण पुष्टि भएको थियो। बुधवार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी डोटीको पुर्वीचौकीका चार जना छन्। कैलालीको गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–५ का ५१ वर्षीय पुरुष, डोटीको पुर्वीचौकी गाउँपालिकाका २२ र २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
‘आज संक्रमितमध्ये एक जना सेती अस्पतालको आइसोलेसन मै छन्, सात जना महाकाली अस्पतालमा छन्। डोटीका संक्रमित त्यहीँ छन्’, सूचना अधिकारी श्रेष्ठले भने।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ। तीमध्ये ७ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दै गए पनि उनीहरुको उपचारका लागि राख्ने आइसोलेसन अभाव हुँदा व्यवस्थापनमा समस्या थपिएको छ।
प्रतिक्रिया