ad ad

समाज


सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि

गोकुल जोशी
जेठ २१, २०७७ बुधबार ९:१८,

सुदूरपश्चिममा बुधवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–५ का ५१ वर्षीय पुरुष, डोटीको पुर्वीचौकी गाउँपालिकाका २२ र २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

‘आज संक्रमितमध्ये एक जना सेती अस्पतालको आइसोलेसन मै छन्, अन्य सम्बन्धित ठाउँमै रहेका छन्,’ उनले भने।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ।

तीमध्ये ७ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दै गए पनि उनिहरुको उपचारका लागि राख्ने आइसोलेसन अभाव हुदा व्यवस्थापनमा समस्या थपिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .