भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ अहिलेसम्म २ लाख ७ हजार १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतमा अहिलेसम्म संक्रमणको कारण ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ। वल्र्डओमिटरका अनुसार मंगलबार मात्रै भारतमा संक्रमणको कारण २ सय २१ जनाले ज्यान गुमाएका छन्।
भारत सरकारले मंगलबारदेखि लकडाउनलाई खुकुलो बनाएको छ। तर, त्यहाँ संक्रमण र मृत्युदर भने बढ्दै गएको छ।
विश्वका धेरै संक्रमित हुने मुलुकमध्ये भारत सातौँ स्थानमा छ। कोरोना संक्रमित धेरै भएका अमेरिका, ब्राजिल, रुस, स्पेन, बेलायत र इटालीपछि भारत छ।
संक्रमणका कारण धैरे मृत्यु भएका विश्वका देशमध्ये भारत १५ औँ स्थानमा छ। भारतमा अहिलेसम्म एक लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।
प्रतिक्रिया