बाँकेमा आइतबार राति भएको दुर्घटनामा मृत्यु भएका १२ र घाइते २१ गरी ३३ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।
भारतबाट आएका ति नेपालीहरुमा कोरोना संक्रमण आशंकामा गरिएको स्वाव परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेस श्रेष्ठले जानकारी दिए।
राप्ती सोनारी गाउँपालिका–२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा गाडीमा सवार १२ जनाको मृत्यु भएको थियो।
सल्यानतर्फ जाँदै गरेको सो गाडी सडकमा बिग्रिएर रोकी राखेको ना।४ ख ९०६४ नम्बरको ट्रकको पछाडी ठक्कर खाई दुर्घटना भएको हो।
प्रतिक्रिया