ad ad

समाज


भारतीय प्रधानमन्त्री मोदीको जीवनचित्र पुस्तक सार्वजनिक

भारतीय प्रधानमन्त्री मोदीको जीवनचित्र पुस्तक सार्वजनिक

नेपालखबर
जेठ १८, २०७७ आइतबार १०:४,

उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो।

उनले भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको पहिलो बर्ष पुरा गरेको दिन पारेर पूर्व प्रधानन्यायाधीश के जी बालकृष्णन् मार्फत् यो पुस्तक सार्वजनिक गरिएको हो।

कोरोना भाइरसको सङ्क्रमण फैलिने डर भएपछि भारतमा देशभरी लकडाउन लागु गरिएकाले अनलाईन मार्फत् सार्वजनिकीकरण कार्यक्रम गरिएको थियो।

पुस्तकमा मोटो गाता र इ—बुक गरी दुई स्वरुपमा उपलब्ध छ भने २० ओटा भाषामा बनाइएको छ। तीमध्ये दश ओटा विदेशी भाषा र दश ओटा भारत भित्रका भाषा रहेका छन्।

लेखकले दिएको जानकारी अनुसार पुस्तक प्रकाशित भएका विदेशी दश भाषामा अंग्रेजी, अरबी, डच, फ्रान्सेली, इटालेली, जापानी, मन्डारिन, रुसी र स्पेनी रहेका छन्।

त्यसैगरी भारत भित्रका हिन्दी, आसामी, बंगाली, गुजराती, कन्नाडा, मराठी, पञ्जावी, तमिल, तेलगु र उर्दु भाषामा पनि सो पुस्तक बनाइएको छ। रासस/पिटिआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .