ad ad

समाज


बाजुरा अस्पतालकाे आइसोलेसनमा २ वर्षीयाको मृत्यु, कोरोना जाँचकाे रिपाेर्ट आउन बाँकी

बाजुरा अस्पतालकाे आइसोलेसनमा २ वर्षीयाको मृत्यु, कोरोना जाँचकाे रिपाेर्ट आउन बाँकी

गोकुल जोशी
जेठ १८, २०७७ आइतबार ४:५८,

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी २ वर्षीया बालिकाको आज (आइतबार) बिहान मृत्यु भएको छ।

जिल्ला अस्पतालले समन्वय समितिको सभाकक्षमा व्यवस्था गरिएकाे आइसोलेसनमा राखिएकी बूढीगंगा नगरपालिका-१ की बालिकाको मृत्यु भएको अस्पतालका प्रमुख डा. रूपचन्द्र विकले जानकारी दिए।

ती बालिका यही जेठ १० गते बुवा, आमासहित भारतबाट फर्किएर बूढीगंगा नगरपालिका-१ स्थित क्वारेन्टिनमा बसेकी थिइन्।

त्यस क्रममा ज्वरो, झाडापखालाका साथै श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ती बालिकालाई जेठ १५ गते बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको थियो।

‘बालिकाको स्वास्थ्यमा समस्या आएपछि सदरमुकाम ल्याइएको थियो, हामीले औषधि चलाइरहेका थियौं, तर बालिकालाई बचाउन सकिएन,’ अस्पतालका प्रमुख डा. विकले नेपालखबरसँग भने। उनका बुबा र आमालाई पनि अस्पतालको आइसोलेसनमै राखिएको छ।

कोरोनाको जस्तै लक्षण देखिएपछि पीसीआर परीक्षणका लागि यसअघि नै उनको थ्रोट स्बाव संकलन गरी धनगढीस्थित प्रयोगशाला पठाइएको उनले जानकारी दिए। तर रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

अहिले बालिकाको शव बाजुरा जिल्ला अस्पतालमै राखिएको छ। रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .