ad ad

समाज


दैलेखको क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पोजिटिभ, कोरोनाबाट मृत्यु हुने ७ पुगे

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पोजिटिभ, कोरोनाबाट मृत्यु हुने ७ पुगे

नेपालखबर
जेठ १७, २०७७ शनिबार १३:२०,

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ।

दैलेखको दुल्लु नगरपालिका –७ स्थित क्वारेन्टिनमा शनिबार बिहान मृत्यु एक जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पुष्टि गरे।

उनले केहीबेरमा मन्त्रालयले औपचारिक रुपमा जानकारी गराउने बताए। हाल दैलेख प्रशासनले शव व्यवस्थापनको काम गरिरहेको उनले बताए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। 

मृतक पुरुष जेठ ९ गते भारतको राजस्थानबाट आएर दैलेखको दुल्लु नगरपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टिनमा बसेका थिए।

दुल्लु नगरपालिका-११ घर भएका ३५ वर्षीय ती पुरुषको स्वाव संकलन भने दुई दिनअघि नै गरेपनि शनिबार साँझमात्रै रिपोर्ट आएको हो।

दुल्लु नगरपालिकाका प्रवक्ता शम्सेरबहादुर शाहीले आफूहरु शव व्यवस्थापनका लागि आउने टोलीको पर्खाईमा रहेको बताए। 

'शव अहिलेसम्म क्वारेन्टिनमै छ। आर्मीको टोली सुर्खेतबाट आउने भनेको छ। हामी त्यसैको पर्खाईमा छौं,' शाहीले नेपालखबरसँग भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .