झापाको कचनकवल गाउँपालिकामा थप २४ जनामा आज(शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको छ।
गाउँपालिकाका स्वास्थ्य संयोजक जागेश्वर प्रसाद यादवले थप २४ जनामा कोरोना पुष्टि भएको इमेल भर्खरै आइपुगेको जानकारी दिए।
'भर्खरै इमेलमार्फत थप २४ जनामा कोरोना पुष्टि भएको खबर आएको छ,' स्वास्थ्य संयोजक यादवले नेपालखबरसँग भने।
यसअघि गाउँपालिकामा ७३ जना संक्रमित थिए।
विराटनगरमा गरिएको परीक्षणमा आज थप २४ जनामा कोरोना पुष्टि भएको हो।
प्रतिक्रिया