ad ad

समाज


स्कुलमा दिवा खाजा कार्यक्रमलाई ७ अर्ब ५२ करोड

स्कुलमा दिवा खाजा कार्यक्रमलाई ७ अर्ब ५२ करोड

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ११:४४,

सरकारले ४३ विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम देशभर सञ्चालन गर्ने भएको छ।

त्यसको लागि ७ अर्ब ५२ करोड विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन्।

दिवा खाजा कार्यक्रमबाट २८ लाख बालकालिका लाभान्वित हुने र यसलाई उच्च प्राथमिकता दिइएको बताए। विद्यालय जाने उमेर समूहका बालबालिकालाई स्कुल पठाइने उनको भनाइ छ।

साक्षर हुन बाँकी २४ जिल्लामा कार्यक्रम सञ्चालन गरी साक्षर नेपाल बनाइने उनले बताए।

त्यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ। स्कुल सुधार, शैक्षिक पूर्वाधारको कार्यक्रम गरिने भएको छ। त्यसका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ।

भर्चुअल कक्षा सञ्चालन गरिने, मनोसामाजिक असर हटाउन सृजनशील कार्यक्रम सञ्चालन गरिने र १ हजार ८ सय स्कुल भवन बनाइने भएको छ।

छात्रवृत्ति कार्यक्रममा २६ लाख विद्यार्थी लाभान्वित हुने भन्दै सरकारले २ अर्ब ७० करोड रुपैयाँ छात्रवृत्तिको लागि विनियोजन गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .