ad ad

समाज


रुकुमपूर्वका कोरोना संक्रमित दाङतिर

रुकुमपूर्वका कोरोना संक्रमित दाङतिर

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ११:१०,

रुकुम (पूर्व) का तीन कोरोना संक्रमितलाई उपचारका लागि दाङ पठाइएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बुधबार गरिएको कोरोना परीक्षणमा तीन जनालाई संक्रमणको पुष्टि भएको थियो।

उनीहरुलाई उपचारका लागि बेलझुण्डी पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले जानकारी दिइन्।

होम क्वारेन्टिनमा बसेका एक र पुथाउत्तरगंगा गाउँपालिकाको सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टिनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि हुनेमा गाउँपालिकाका १३ का २३ वर्षीय पुरुष तथा १४ का १५ वर्षीया महिला र १८ वर्षीय पुरुष छन्।

२३ वर्षीय पुरुष गत चैत ६ गते मलेसियाबाट आएका हुन् भने अन्य दुई जना यसै महिना बाराबाट आएका हुन्। जिल्लाभरबाट ५७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .