ad ad

समाज


चोटपटक लागेको अवस्थामा घरमै पतिको शव फेला परेपछि पत्नी पक्राउ

चोटपटक लागेको अवस्थामा घरमै पतिको शव फेला परेपछि पत्नी पक्राउ

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ५:२५,

पश्चिम नवलपरासीमा पतिको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन्।

उनका पति ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी) मृत भेटिएपछि पत्नीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएपछि पार्वतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

आफ्नो घरको कोठाभित्र घाँटीमा नीलडाम, टाउकामा चोट र दुवै हातको नाडी काटिएको अवस्थामा धर्मनाथको शव फेला परेको प्रहरीले जनाएको छ। अभियुक्त पार्वतीविरुद्ध आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .