ad ad

समाज


जब भारतबाट आएर क्वारेन्टिनमा बसेकालाई धपाउन दर्जनौं स्थानीय भाटा लिएर पुगे (भिडियाे)

जब भारतबाट आएर क्वारेन्टिनमा बसेकालाई धपाउन दर्जनौं स्थानीय भाटा लिएर पुगे (भिडियाे)

शैलेन्द्र महतो
जेठ १३, २०७७ मंगलबार १३:१५,

भारतबाट आएका अन्य वडाका मानिस आफ्नो वडाको क्वारेन्टिनमा बसेको भन्दै धनुषाको एक क्वारेन्टिनम हंगामा भएको छ।

सोमबार राति सीमा पार गरी भारतबाट आएर ८ जना मानिस धनुषाको कमला नगरपालिका वडा नं. ९ दुबरकोट हतलेटवा स्थित जनता निम्न माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका थिए।

मंगलबार बिहान थाहा पाएपछि अन्य वडाका मानिसलाई आफ्नो वडाको क्वारेन्टिनमा किन राखेको भन्दै उनीहरुलाई लखेट्न लाठी, भाटासहित दर्जनौं स्थानीय पुगेर क्वारेन्टिनमाथि ढुंगामुढा समेत गरेका छन्।

बालबालिका तथा महिलासहित मानिसहरु हात-हातमा लौरौ, भाटा बोकेर क्वारेन्टिनमा भारतबाट आएर बसेका अन्य वडाका मानिसलाई धपाउन ढुंगामुढा गर्न थालेपछि प्रहरी बेलैमा पुगेर रोकेका थिए। प्रहरी र जनप्रतिनिधिहरु बेलैमा पुगेर सम्झाइबुझाई गरेका कारण ठुलो दुर्घटना टरेको छ। राति बसेका ८ जना अन्य वडाका व्यक्तिलाई अर्को क्वारेन्टिनमा बस्ने व्यवस्थापन गरेपछि विवाद साम्य भएको छ।

नगरप्रमुख रामउदगार यादवका अनुसार सोमबार राति भारतबाट यस नगरपालिका भित्रका झण्डै ७० जना मानिसहरु फर्केपछि नगरपालिका कार्यालयले बनाएको पाँच वटा क्वारेन्टिनमा तिनीहरुलाई बस्ने व्यवस्थापन गरिएको थियो। 

‘एकैपटक धेरै संख्यामा आउँदा १०/ १५ जना गरी विभन्नि क्वारेन्टिनमा बस्ने व्यवस्थापन गर्यौ‌। बिहान वडा नं. ९ का केही स्थानीय यस वडाको क्वारेन्टिनमा अन्य वडाका मानिसलाई बस्न नदिने भन्दै लाठी, भाटासहित पुगे। हामी बेलैमा पुगेर तिनीहरुलाई रोक्यौं’ नगरप्रमुख यादवले भने ‘राति बसेका ८ जनाको अन्य क्वारेन्टिनमा बस्ने व्यवस्थापन गर्ने भनेपछि उनीहरुलाई धपाउन पुगेका स्थानीय घर फर्केका छन्। विवाद साम्य भएको छ।’

विवाद रोक्न इलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरीको टोली पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .