ad ad

समाज


दुई महिनाअघि अष्ट्रेलियाबाट आएका सोह्रखुट्टेका वृद्धमा कोरोना संक्रमण

दुई महिनाअघि अष्ट्रेलियाबाट आएका सोह्रखुट्टेका वृद्धमा कोरोना संक्रमण

नेपालखबर
जेठ ११, २०७७ आइतबार १२:३,

दुई महिनाअघि अष्ट्रेलियाबाट नेपाल आएका सोह्रखुट्टेका एक वृद्धमा कोरोना संक्रमण भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौं महानगरपालिका वडानम्बर १६ सोह्रखुट्टेका ७९ वर्षीय वृद्धमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको थियो।

'उहाँ वृद्ध अष्ट्रेलियाबाट दुबई या कतार ट्रान्जिट पारेर चैत्र ३ गते नेपाल आउनुभएको हो,'वडाध्यक्ष मुकुन्द रिजालले भने, 'अहिले वृद्धलाई आइसोलेसनमा लगिसकिएको छ र उहाँका सम्पर्कमा आएका १० जनालाई पनि पहिचान गरिसकेका छौं।'

मन्त्रालयले आइतबार काठमाडौँका १ सहित थप १९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जनाएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ।

यो पनि: पीसीआर नेगेटिभ देखिएपछि घर पठाएकाको पुन: परीक्षण गर्दा पोजिटिभ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .