ad ad

समाज


भारतबाट उद्धार गर्दा २५ सय जनाकाे भिडमा थिए बैतडी र अछामका संक्रमित

भारतबाट उद्धार गर्दा २५ सय जनाकाे भिडमा थिए बैतडी र अछामका संक्रमित

गोकुल जोशी
जेठ ११, २०७७ आइतबार ११:९,

सुदूरपश्चिममा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अछामको मेल्लेख गाउँपालिका–४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

ती संक्रमितको जेठ ८ गते भारतबाट उद्धार गरिएको थियो। उद्धार पश्चात् नाकामा स्वास्थ्य परीक्षण गर्ने बेला कोरोना भाइरसको आशंकामा उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

आइतबार कोरोना संक्रमण पुष्टि भएका संक्रमित जेठ ८ गते बिहीवार गौरीफन्टा नाकामा झण्डै २५ सय जनाको भिडमा रहेका थिए।

‘जेठ ८ गते उद्धार गर्ने क्रममा कोरोना आशंकामा अस्पताल भर्ना गरिएको थियो, उनको रिपोर्ट पोजेटिभ आएको जानकारी आएको छ’ सूचना अधिकारी श्रेष्ठले भने।

शनिबार संक्रमण पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिकाका चार जना रहेकै भीडमा अछामका संक्रमित पनि थिए। जेठ ८ गते बिहीवार गौरीफन्टा नाकाबाट २४ सय ९८ जनालाई नाका प्रवेश गराइएको थियो। ती मध्ये केही सयको मात्रै आरडीटी परीक्षण गरिएको थियो।

 संक्रमित अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन्। उनको अवस्था सामान्य छ।

याे पनि: कञ्चनपुर र कैलालीका नाकाबाट भित्रिएका ४ हजारलाई परीक्षण नै नगरी स्थानीय तहमा पठाइयो

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित संख्या १५ पुगेको छ। तीमध्ये कैलालीका चार र कञ्चनपुरका एक गरी पाँच जना निको भएर घर फर्किसकेका छन्। सेती प्रादेशिक अस्पतालमा पाँच जना, टिकापुर अस्पताल कैलालीमा तीन जना, जिल्ला अस्पताल बैतडीमा एक र डडेल्धुरा अस्पतालमा एक जना गरी सुदूरपश्चिमका कोरोना संक्रमितको अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ।

ज्वरो नापेकै भरमा नाका प्रवेश गराउन थालेपछि सुदूरपश्चिममा जोखिम बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .