सप्तरीमा नौ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला बथनाहा गाउँ पञ्चायत १७ बस्ने वर्ष २८ का फुलकुमार मेहता रहेको प्रहरीले जनाएको छ।
लकडाउनको उल्लंघन गरी शनिबार दिउँसो भारतबाट नेपाल प्रवेश गरेका उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ कोशी बलारबाट रकमसहित पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
प्रहरी चौकी रामपुर मल्हनीया, सप्तरीबाट गएको प्रहरी टोलीले लुकीछिपी आउँदै गरेका मेहतामाथि शंका लागि चेकजाँच गर्दा उनको साथमा रहेको नाईलनको झोलामा २ किलो चिनी भित्र लुकाएको अवस्थामा नौ लाख रुपैयाँ फेला पारेको थियो।
मेहतालाई रकमसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया