ad ad

समाज


भारतबाट भित्रिनेबाट असुरक्षा बढेको भन्दै दोधारा–चाँदनी पुलमा ताला

भारतबाट भित्रिनेबाट असुरक्षा बढेको भन्दै दोधारा–चाँदनी पुलमा ताला

गोकुल जोशी
जेठ ११, २०७७ आइतबार ५:५८,

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा स्थानीयले कञ्चनपुरको महाकाली पारीको दोधारा–चाँदनीलाई सदरमुकाम महेन्द्रनगर जोड्ने झोलुङ्गे पुल बन्द गरिएको छ।

भारतबाट भित्रिने नेपाली नागरिकको पुलमा घुँइचो लाग्न थालेपछि असुरक्षा बढेको भन्दै आइतवार बिहानदेखि स्थानीय वासिन्दाले दोधारा–चाँदनी झोलुंगे पुल बन्द गरिदिएका हुन।

गड्डाचौकीको वैधानिक नाका छोडेर खुला सीमाको फाइदा उठाउँदै दोधारा–चाँदनीबाट नेपाल प्रवेश गर्ने बढेपछि असुरक्षित महसुस गर्दै पुलमा तालाबन्दी गरिएको स्थानीय हरिश भट्टले बताए।

‘दशगजामा रोकिएकाको उद्धार भइरहेको छ तर यहाँ कुनै सावधानी अपनाइएको छैन्,’ उनले भने, ‘भारतको संक्रमित भेटिएको ठाउँबाट पनि मान्छे आउँदैछन्, उनीहरुको चहलपहल यहाँ बढि देखियो, सावधानी नअपनाइएकोले असुरक्षा बढेको छ।’

सेनिटाइजेसन (निसंक्रमण) सहितका अन्य सुरक्षा व्यवस्था नगरिएकाले पुलमा तालाबन्दी गर्नुपरेको अर्का स्थानीय रविन जोशीले बताए।

कामको लागि गएका नेपाली नागरिक भारतमा लकडाउन केही खुकुलो भएपछि घर फर्किन धमाधम सीमामा पुगेका छन्।

दोधारा–चाँदनीको दशगजा क्षेत्रबाट पछिल्लो केही दिनमा १ हजार बढिको उद्धार गरिएको छ।

शनिवार राती मात्रै पनि झण्डै ४ सय मानिसको दोधारा–चाँदनी झोलुङ्गे पुल हुँदै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। अझै दशगजामा धैरै मानिस सीमा प्रवेशको अनुमतिको पर्खाइमा बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .