यसबीचमा आगामी दश दिनभित्र भारतमा २६ सय रेल चल्ने भारतीय अधिकारीहरुले बताएका छन्।
भारतमा गएको २४ घण्टामा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन्।
त्यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार ६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएको बताइरहँदा भारतीय रेलवे बोर्डले आगामी दश दिनभित्र २६ सय रेल चल्ने र ३६ लाख यात्रुलाई आफूहरु यात्रा गराउन सफल हुने उल्लेख गरेका छन्।
राज्य सरकारले चाहेको खण्डमा सबै रेल स्टेसनमा रेल सेवा उपलब्ध गराउने पनि बोर्डले जनाएको छ।
भारतले यसअघि दिल्लीबाट चल्ने रेल सेवा संचालनमा ल्याइसकेको छ। आगामी सोमबारबाट त्यहाँ आन्तरिक उडान पनि सुचारु हुँदैछ।
पछिल्लो समय भारतमा कोरोना संक्रमित झनै बढ्दै गएको छ तर भारतमा लकडाउनको नियम भने खुकुलो हुँदै गएको छ। एजेन्सी
प्रतिक्रिया