सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ।
ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गराइरहेकी सिंहको शुक्रबार असामयिक निधन भएको हो। उनका भतिज प्रदीपलाल श्रेष्ठका अनुसार उनको ब्रेन ह्मरेजको शल्यक्रिया एकहप्ताअघि सफलतापूर्वक सम्पन्न भएको थियो।
सर्वोच्च अदालतमा विसं २०५८ देखि २०६३ सालसम्म न्यायाधीशका रुपमा काम गरेकी सिंह न्यायालयको इतिहासमा पहिलो महिला न्यायाधीश थिइन्। उनका भतिजका अनुसार शनिबार उनको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ।
उनका दुई छोरा मलखलाल श्रेष्ठ र सितुलाल श्रेष्ठ छन्। जेठा छोरा मलखलाल जर्मनमा रहेको हुनाले आउन सक्ने सम्भावना हुन्छ कि भनेर एक दिन पर्खिए पनि आउन सम्भव नभएकाले अन्तिम संस्कार गर्न ढिला भएको हो। रासस
प्रतिक्रिया