ad ad

समाज


कालीगण्डकी नदीमा बेपत्ता एम्बुलेन्स चालकको शव भेटियो

कालीगण्डकी नदीमा बेपत्ता एम्बुलेन्स चालकको शव भेटियो

नेपालखबर
जेठ १०, २०७७ शनिबार ९:१३,

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटस्थित कालीगण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ।

आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग१झ ३११ नंको एम्बुलेन्स सडकबाट कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रबार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो।

बेनपा–९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजीकार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए।

बेपत्ता चालकको खोजीमा लागेका प्रहरी नायब उपरीक्षक किरण कुँवरसहितको टोलीसमेत घटनास्थलमा पुगेका थिए। मृतक चालकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .