आज (शनिबार) पनि देशका पूर्वदेखि पश्चिमसम्मै केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार अहिले (शनिबार बिहान ६ः३० बजे) पनि पूर्वका ओखलढुंगालगायत क्षेत्रमा पानी परिरहेको छ। यस्तै काठमाडौं उपत्यकामा पनि तत्काल वर्षाको सम्भावना रहेको उनले बताइन्। ‘तर सबै ठाउँमा केही निश्चित आइसुलेटेड स्थानमा क्षणिक हल्का वर्षाको सम्भावना देखिएको छ,’ उनले भनिन्।
यसैगरी आज अपराह्नपछि पनि काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन्।
‘पश्चिमका भने पहाडी क्षेत्रमा मात्र आज वर्षाको सम्भावना छ,’ उनले भनिन्।
उनका अनुसार देशको पूर्वी क्षेत्रमा अम्पुन चक्रवात कमजोर भएर बंगलादेशमा बनेको न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव छ भने अन्य स्थानमा स्थानीय वायुको मात्र प्रभाव छ।
वर्षाको सम्वभावना आइबारसम्मै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्छ।
Shares
प्रतिक्रिया