ad ad

समाज


सर्लाहीमा थप १५ संक्रमितको सूचीमा यस्ताे गडबड

सर्लाहीमा थप १५ संक्रमितको सूचीमा यस्ताे गडबड

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ८:१३,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउन शुक्रबार सार्वजनिक गरेको सूचीमा त्रुटि भएको पत्ता लागेको छ।

स्वास्थ्य मन्त्रालयले गरेको यो तेस्रो त्रुटि हो।

शुक्रबार मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा सर्लाहीमा थपिएका १५ संक्रमितकाे ठेगानमा रामनगर बहुअर्वा गाउँपालिका-७ र गोडैता नगरपालिका गोडैता वडा नम्बर ८, ९, ११, १३ र १४ उल्लेख छ। trutiii

तर गोडैता नगरपालिकामा जम्मा १२ वटा मात्र रहेको त्यहाँका मेयर देवेन्द्रकुमार यादवले जानकारी दिए।

‘यहाँ १३ र १४ नम्बर वडा नै छैनन्,’ शुक्रबार दिउँसो टेलिफोनमा कुरा गर्दैै मेयर यादवले नेपालखबरसँग भने, ‘यहाँ त जम्मा १२ वटा मात्र वडा छन्।’

यसअघि गत जेठ १ गते पनि प्रदेश २ कै सूची सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्रालयले पहिलेकै संक्रमितको नाम दोहोर्‍याएकाे थियो। जसले गर्दा संक्रमितको कूल संख्या वास्तविकभन्दा बढेको थियो। पछि अर्को विज्ञप्ति निकालेर ५ जनाकाे नाम पहिलेकै परेकाे भन्दै सच्याएकाे थियाे। 

याे पनि: स्वास्थ्य मन्त्रालयको त्रुटिपूर्ण वक्तव्य, संक्रमितको संख्या २४५ मात्रै

यस्तै गत हप्ताको शुक्रबार राति मन्त्रालये जारी विज्ञप्तिमा दाङका तीन संक्रमितमध्ये तुलसीपुर उपहानगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय पुरुष पनि उल्लेख थियाे। तर उपमहानगरपालिकाले खोजी गर्दा उनी पहिले नै रिपोर्ट नेगेटिभ आइसकेको व्यक्ति भएको पत्ता लागेको थियो। वास्तवमा संक्रमित भनिएका व्यक्ति त तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का ४६ वर्ष भएकाे पत्ता लागेकाे थियाे।

यसरी अहिले स्वास्थ्य मन्त्रालयले गरेकाे त्रुटि तेस्राे हाे। 

टेकु प्रयोशालाको पहिलाे त्रुटि
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गोडैताका संक्रमितको सूची पठाउने क्रममा पनि त्रुटि फेला परेको छ।

मेयर यादवका अनुसार शुक्रबार टेकु प्रयोगशालाले गोडैताका संक्रमितको सूची पठाउने क्रममा १४ जनाको नाम पठाएको छ। तर गोडैतामा १३ जना मात्र संक्रमित भएका हुन्।

‘यहाँ एक जना (उनले नाम भनेका थिए, तर गोपनीयताका लागि यहाँ नलेखिएको) को नाम बढी आएको छ, जो हाम्रो क्वारेन्टिनमै छैनन्,’ उनले भने, ‘यहाँ आज कोरोना संक्रमित देखिएका जम्मा १३ जना मात्र हुन्, ती बढी व्यक्ति कहाँका हुन् हामीलाई थाहा छैन।’

उनका अनुसार शुक्रबार आएको रिपोर्टअनुसार गोडैता वडा नम्बर ८ स्थित बेनीभोला नमुना माविको क्वारेन्टिनका ११ जना र वडा नम्बर १२ मधुवनीस्थित बैजनाथ माविको क्वारेन्टिनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तर टेकु प्रयोगशालाले अर्का एक जनाको नाम पनि गोडैताकै संक्रमित भनेर जिल्ला प्रशासनमा पठाएको उनले बताए।

अहिले ती १३ संक्रमितलाई एम्बुलेन्समा हालेर जनकपुरस्थित आइसोलेसनमा पठाउने काममा आफू व्यस्त भएको मेयर यादवले बताए।

‘आफू अहिले संक्रमितलाई अस्पताल पठाउने काममा व्यस्त छु,’ उनले भने, ‘मन्त्रालयले गरेको त्रुटि विज्ञप्ति निकालेर खण्डन गर्ने विचार छ, तर भ्याइएकै होइन।’

आफ्नो नगरपालिका गोडैता भारतको बोर्डरसँगै जोडिएकाले यी सबै संक्रमित तथा क्वारेन्टिनमा रहेका सबै केही दिनअघि भारतका दिल्ली, बम्बईबाट आएकाहरू भएको उनले जानकारी दिए।

गाउँपालिकाको नाम पनि गडबड
स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेकाे विज्ञप्तिमा सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिका भनेकाे छ। 

तर त्याे गाँपालिकाकाे नाम रामनगर मात्रै हाे। त्यस गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माका अनुसार यसअघि बहुअर्वा गाविसकाे नाम थियाे जुन गाविससमेत मिलाएर अहिले रामनगर गाउँपालिका बनेकाे हाे। 

उनका अनुसार यस गाउँपालिका वडा नम्बर ३ मा रहेकाे तपस्वी जगदेव माविकाे क्वारेन्टिनमा बसेकामध्ये १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। याे गाउँपालिकाकाे याे पहिलाे संक्रमण घटना भएकाे उनले बताए। ती संक्रमितलाई गाेडैताका संक्रमितसँगै जनकपुर अस्पताल पठाउने तयारी भइरहेकाे उनले जानकारी दिए। 

याे पनि: 

स्वास्थ्य मन्त्रालय भन्छः सर्लाहीमा थपिएका संक्रमित १५, स्थानीय प्रशासन भन्छः १४ मात्रै हो!

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .