ad ad

समाज


‘नवलपरासीकी’ कोरोना संक्रमित भनिएकी महिला रूपन्देहीकी, अहिले काठमाडौंमा

‘नवलपरासीकी’ कोरोना संक्रमित भनिएकी महिला रूपन्देहीकी, अहिले काठमाडौंमा

नेपालखबर
जेठ ७, २०७७ बुधबार ३:४६,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भनेर भनेकाे महिलाको घर रूपन्देही र अहिले उनी काठमाडौंमै रहेको खुलेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्वास्थ्य कार्यालयले बुधबार बिहान विज्ञप्ति जारी गरी २४ वर्षीया ती महिलाको घर रूपन्देहीको कोटिहवा भएको र उनी त्यहाँबाट वैशाख १९ गतेदेखि नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ स्थित माइती घर आएर बसेको जानकारी दिएको हो।

त्यहाँबाट पनि उनी वैशाख २९ गते श्रीमानसँग मोटरसाइकलमा काठमाडौं आएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार त्यसपछि ती महिलाले यही जेठ ५ गते स्वाब परीक्षणका लागि दिएकी थिइन् भने भाेलिपल्ट अर्थात् जेठ ६ गते उनकाे काेराेना पाेजिटिभ रिपाेर्ट आएको हाे। 

अहिले उनकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे नवलपरासी बर्दघाट सुस्ता पूर्व स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। 

हेराैँ विज्ञप्ति:

suchana 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .