ad ad

समाज


राहतमा अनियमितताको गुनासो पछि धनगढी उपमहानगरपालिकामा अख्तियारको छापा

राहतमा अनियमितताको गुनासो पछि धनगढी उपमहानगरपालिकामा अख्तियारको छापा

गोकुल जोशी
जेठ १, २०७७ बिहिबार १५:३४,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयले कैलालीको धनगढी उपमहानगरपालिकामा बिहीवार छापा हानेको छ।

धनगढी उप–महानगरपालिकाले विपन्न परिवारलाई वितरण गरेको राहतमा अनियमितता भएको गुनासो आए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको हो। धनगढी उप–महानगरपालिका–४ उत्तरबेहडी लगायत अन्य ठाउँमा वितरण गरेको राहत खाद्यान्न सामाग्री (चामल)मा किरा परेको भेटिएको थियो।

धनगढी उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीको ठाकुर ट्रेड लिंकलाई ठेक्का दिएको थियो। ठेक्कामा पनि मिलोमतो भएको आशंका गरिएको छ।

यो विषयमा अख्तियारले पनि चासो देखाउँदै अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी टोप बहादुर बिष्टले बताए। बिहीवार उप–महानगरपालिकामा गएको अख्तियारको टोलीले खाद्यान्न सामग्री खरिदको टेण्डर सम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको छ।

‘राहत वितरणमा अनियमितताको गुनासो आए पछि हामीले प्रारम्भिक अनुसन्धान थालेका छौँ, अहिलेका लागि राहत खरिद सम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ’ सूचना अधिकारी बिष्टले भने।

अख्तियारको टोलीले धनगढी उपमहानगरपालिका– २ र ४ मा वितरणका लागि राखिएको र उपभोक्ताले फिर्ता गरेको खाद्यान्न पनि निरीक्षण गरेको छ। राहत सामग्री खरिदको ठेक्का पाएको धनगढीको ठाकुर ट्रेड लिंकले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए।

कोरोेना महामारीको समयमा सर्वसाधारणको स्वास्थ्यमाथी खेलवाड गर्ने गरी कुहिएको चामल वितरण गरेको भन्दै धनगढीका स्थानीयले विरोध जनाएपछि अहिले राहत वितरण कार्य रोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .