मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) राति देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार आज राति पश्चिमका केही, मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
अहिले पनि पश्चिमका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।
माैसमिवद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव परिरहेकाे छ। साेही कारण सोमबार र मंगलबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
माैसमविद्का अनुसार मंगलबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली भई केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। यसैगरी यस दिन राति पनि पूर्वी भूभागका केही, मध्य भूभागका थोरै र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।
यस्तै मंगलबार दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ भने राति पनि पूर्वी भूभागका केही, मध्यका थोरै र पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया