ad ad

समाज


दाङमा क्वारेन्टिनकै बेला जन्मिए जुम्ल्याहा, आमाको कोरोना परीक्षण हुँदै

दाङमा क्वारेन्टिनकै बेला जन्मिए जुम्ल्याहा, आमाको कोरोना परीक्षण हुँदै

नेपालखबर
बैशाख २७, २०७७ शनिबार १३:३,

दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टिन अवधिमै एक महिलाले जुम्ल्याहा शिशु जन्माएकी छन्। तुलसीपुर-१३ फूलबारीकी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिका जन्माएकी हुन्।

भारतको बलरामपुर माइती गएकी यादवलाई घर फर्किने क्रममा तुलसीपुरस्थित क्वारेन्टिनमा रहेका बेला व्यथा लागेको थियो। सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर यादव गत बुधबार मात्र घर फर्किएकी थिइन्। उनलाई बिहीबारदेखि क्वारेन्टिनमा राखिएको थियो।

क्वारेन्टिनमा राखेकै दिन दिउँसोदेखि उनलाई व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो। उनीहरूको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अहिले तुलसीपुरस्थित तुलसी हस्पिटल प्रालिमा एनआईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बताए।

डा खत्रीका अनुसार तौल सामान्यभन्दा कम भएकाले एनआईसीयू- नवजात अति सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ। तौल २.५ देखि ३.५ केजीसम्म हुनुपर्ने भए पनि ती शिशुको तौल क्रमशः डेढ र १ केजी २५ ग्राम छ। कम तौल भएका शिशुको आन्द्रामा प्वाल पर्ने, श्वासप्रश्वासमा समस्या हुने र चिनी कम हुने भई मृत्युसमेत हुने जोखिम भएकाले एनआइसियुमा राखेर उपचार भइरहेको डा खत्रीको भनाइ छ।

उनका अनुसार शरीरमा अक्सिजनको मात्रा कमी भएकाले शिशुको अवस्था गम्भीर छ। आमाको दूध सजिलै चुस्ने नहुँदासम्म एनआईसीयूमा राखेर उपचार गर्नुपर्ने डा खत्रीले बताए।

नवजात शिशु र आमाको उपचारमा लाग्ने खर्च अस्पतालले निःशुल्क उपलब्ध गराएको छ। पमहानगरपालिकाले खानाको यवस्थापन गरेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए।

डा. खत्रीका अनुसार उनीहरुको सबै खर्च दैनिक १४ हजारभन्दा बढी लाग्ने छ अहिले सुत्केरीको स्वास्थ्यावस्था सामान्य छ। यादवको आजै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यादवको यसअघि गरिएको ¥यापिड डायग्निस्टक टेस्टको रिपोर्ट भने नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिएि। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .