४३ वर्षकी ड्यानिली कोन्टीले एन्थोनी क्याटापानोको क्रेडिट कार्ड चोरेर ग्याँस र सपिङ मलमा पैसा तिरेको प्रहरीले बताएका छन्।
न्युयोर्क प्रहरीका अनुसार ७० वर्षका कोरोना संक्रमित क्याटापानो अप्रिल ४ मा स्टेटन आइल्यान्ड युनिभर्सिटी हस्पिटल भर्ना भएका थिए।
सोही अस्पतालमा कोन्टी नर्सको रुपमा कार्यरत थिइन्। अप्रिल १२ मा क्याटापानोको निधन भएपछि कोन्टीले उनको क्रेडिट कार्ड आफूले लगेकी थिइन्।
छोरी तारा क्याटापानोको आरोपपछि नर्स पक्राउ परेकी हुन्। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ। एजेन्सी
प्रतिक्रिया