ad ad

समाज


चितवनमा गाँजाका निहुँमा झडप, तीन प्रहरी घाइते

चितवनमा गाँजाका निहुँमा झडप, तीन प्रहरी घाइते

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ४:२८,

चितवनमा गाँजाका निहुँमा स्थानीय वासिन्दा र प्रहरीबीच झडप भएकाे छ। घटनामा तीन प्रहरी घाइते भएका छन्।

पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा शुक्रबार राति प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो। त्यस क्रममा प्रहरीले एक राउन्ड हवाई फायर पनि गरेको छ।

प्रहरीका अनुसार राप्ती नगरपालिकाकै वडा नम्बर १२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा माथि उल्लिखित स्थानमा जम्मा भएका स्थानीय बासिन्दाले अवरोध गरेपछि झडप भएको हो।

झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा१२च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा१झ ७४६५ नंको गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। दुवै गाडीमा क्षति पुगेको छ ।

झडपका क्रममा तीन प्रहरी घाइतेसमेत भएका छन्। प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएका हुन्। यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न स्थानीय २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको छ।

घटना शुक्रबार राति ९ः३० बजे भएको हो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .