ad ad

समाज


ट्रम्पका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

ट्रम्पका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ३:२१,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा परिचालन भएका एक सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड—१९) देखिएको छ। अमेरिकी समाचार संस्था सीएननका अनुसार उनी अमेरिकी नेभीमा दरबन्दी भएका सुरक्षाकर्मी हुन्।

सुरक्षाकर्मीले राष्ट्रपति नजिक रहेर काम गर्नुपर्ने हुन्छ। नाम सार्वजनिक नगरी अमेरिकी सञ्चारमाध्यमहरुले जनाएअनुसार उनी प्रथम परिवारसँग निकट रहेर काम गर्दै आएका व्यक्ति हुन्। ट्रम्पको रोजाइका सुरक्षाकर्मी पनि हुन्।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भवनका एक कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ। थप जानकारी दिएको छैन।

निजी सुरक्षाकर्मीलाई कोरोना भाइरस देखिएपछि ट्रम्पलाई सरेको हुनसक्ने कतिपयको अनुमान छ। बुधबार यो जानकारी स्वास्थ्य टोलीले राष्ट्रपतिलाई दिएको थियो।

‘यो खबर पाएपछि राष्ट्रपति हड्बडाए। निरास भए’, सीएनएनले लेखेको छ।

सुरक्षाकर्मीमा कोरोना देखिएपछि ह्वाइट हाउसका चिकित्सकले राष्ट्रपति ट्रम्पको पनि स्वास्थ्य परीक्षण गरेका छन्। त्यसको रिपोर्ट आउन केही समय लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .