ad ad

समाज


कोरोनाः आफैंले बनाएको नियम उल्लंघन गरेपछि बेलायत सरकारका सल्लाहकारले दिए राजीनामा

कोरोनाः आफैंले बनाएको नियम उल्लंघन गरेपछि बेलायत सरकारका सल्लाहकारले दिए राजीनामा

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ११:४२,

महामारीविज्ञ प्राध्यापक नील फर्गुसनले आफूबाट त्रुटिपूर्ण निर्णय भएको भन्दै बेलायत सरकारको सल्लाहकार पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ।

उनी कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारका सल्लाहकार थिए। उनकै सल्लाहमा बेलायतको सरकारले लकडाउनको घोषणा गरेको थियो।

उनले व्यक्तिगत दूरी कायम गर्नुपर्ने नियम आफूले पालना नगरेकोमा दुख व्यक्त गरेका छन्।

डेली टेलिग्राफले उनीसँग सम्बन्ध भएकी एक महिलाले लकडाउनको बेला फर्गुसनको घरमा गएको समाचार प्रकाशित गरेको थियो।

ती महिला फर्गसनलाई भेट्न दुईपटक गएकी थिइन्। बेलायतमा कोरोना भाइरस रोकथामका लागि सशक्त कदम नचालिए दुई लाख ५० हजार जनाको ज्यान जाने प्राध्यापक फर्गुसनले प्रक्षेपण गरेका थिए।

त्यसकै आधारमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले मार्च २३ मा विभिन्न प्रतिबन्धात्मक उपायहरू घोषणा गरेका थिए।

सरकारले सर्वसाधारणलाई घरबाहिर यथासम्भव नजान भनेको थियो। छुट्टाछुट्टै बसेका जोडीलाई पनि आआफ्ना घरमा बस्न भनिएको थियो।

आफूसँग सम्बन्ध भएको महिला लकडाउनको समयमा भेट्न आउने कार्य लकडाउनको उल्लंघन भएको फर्गुसनले स्वीकार गरेका छन्।

एउटा विज्ञप्तिमा प्राध्यापक फर्गुसनले भनेका छन्,‘निर्णय गर्दा त्रुटि भएको र अनुचित काम गरेको म स्वीकार्छु। त्यही भएर मैले सङ्कटकालीन अवस्थाबारे सुझाव दिने वैज्ञानिकहरूको सल्लाहकार समूहबाट राजीनामा दिएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .