ad ad

समाज


झिसमिसेमै लुकेर सीमा पार गर्न खोज्ने ११ भारतीय महोत्तरीबाट पक्राउ

झिसमिसेमै लुकेर सीमा पार गर्न खोज्ने ११ भारतीय महोत्तरीबाट पक्राउ

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ३:४१,

महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दै गर्दा सोमबार बिहान ११ भारतीय पक्राउ परेका छन्।

जिल्लाको मनरासिस्वा नगरपालिका-९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीयलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको मनरासिस्वा ९ का वडाध्यक्ष बलिराम रायले जानकारी दिए। उनीहरु सबै मुस्लिम समुदायका छन्।

हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताए।

पक्राउ परेकाहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन्। उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको जानकारी गराएका रायको भनाई छ।

लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर मिर्मिरे बिहानीमै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाकाबाट पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ। उनीहरुलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय, प्रशासनसहितसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने वा के गर्ने भन्नेबारे तय गरिने वडाध्यक्ष रायले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .