ad ad

समाज


कोरोना: नेपालगन्जमा एकै दिन १५ संक्रमित भेटिए, अब स्थिति भयावह भएको हो?

कोरोना: नेपालगन्जमा एकै दिन १५ संक्रमित भेटिए, अब स्थिति भयावह भएको हो?

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ३:३,

बाँकेको नेपालगन्जमा आइतबार एकै दिन १५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

नेपालमा एकै दिन यति धेरै संख्यामा संक्रमित फेला परेको यो पहिलोपटक हो।

अब नेपाल कोरोना भाइरसको भयावह स्थितिमा प्रवेश गरेको हो? समुदायस्तरमा संक्रमण फैलिएको वा तेस्रो चरणमा गएको हो?

नेपालखबरले सोमबार बिहान राखेको यो प्रश्नमा इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले यसो भनेः

हो, एकै दिनमा धेरै बिरामी त भेटिएका छन्। अब यसलाई भयावह भन्ने कि यसरी रोग पत्ता लाग्नुलाई राम्रो भन्ने ? किनकि रोग पत्ता लाग्नु त राम्रै कुरा हो। अरूतिर फैलिन पाउँदैन। बेलैमा रोक्न सकिन्छ। ती १५ जनामै कुनै लक्षण छैन। यी मानिस हिजो-अस्ति फेला परेकै समूहका हुन्।

अस्ति हामीले फेला पारेका संक्रमितसँग सम्पर्क गरेका ९८ जनाको स्वाब परीक्षणमा पठाएका थियौं। तिनैमध्येका हुन् यी १५ जना। भारततिर पनि संक्रमण बढिरहेको छ। त्यसकारण नेपालमा पनि बढ्नु स्वाभाविकै हो।

यसलाई अहिले नै समुदायस्तरमा संक्रमण फैलिएको वा नेपाल कोरोना भाइरसको तेस्रो चरणमा प्रवेश गरेको भन्न मिल्दैन। यो क्लस्टरमै फैलिएको संक्रमण हो। तैपनि यसको हामीले व्यापक अनुसन्धान सुरु गरेका छौं। त्यसपछि एउटा निष्कर्ष आउनेछ।

व्यापक अनुसन्धानका लागि बिहानैदेखि टोली परिचालन
आइतबार एकै दिन १५ जना संक्रमित फेला परेका नेपालगन्जमा कोरोना अनुसन्धान तथा नियन्त्रणका लागि स्थानीयदेखि केन्द्रीय स्तरसम्मका टोली व्यापक रूपमा परिचालन भइरहेको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।

स्वास्थ्य विभागबाट डा. यदुचन्द्र घिमिरेको नेतृत्वमा एउटा टोली आइतबारै नेपालगन्ज पुगिसकेको उनले जानकारी दिए। यस्तै विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक, स्थानीय स्वास्थ्य केन्द्रका चिकित्सक तथा प्रदेशका सामाजिक विकास मन्त्रीसहितको टोली अहिले प्रभावित क्षेत्रमा क्रियाशील रहेको उनले जानकारी दिए।

‘फेरि काठमाडौंबाट आज बिहान १० बजेतिर अर्काे टिम जाँदैछ,’ निर्देशक पाण्डेले नेपालखबरसँग भने, ‘सकेसम्म चाँडो ४८ घण्टाभित्र त्यहाँको वास्तविक स्थिति पत्ता लगाउने प्रयासमा छौं।’

यसो भन्छ स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि एकै दिन १५ संक्रमित देखिएका नेपालगन्जको क्षेत्रमा द्रुत गतिमा ट्रेसिङ (संक्रमितसँग सम्पर्क गरेका व्यक्तिको खोजी) भइरहेको बताएका छन्।

‘अहिल्यै नेपाल कोरोनाको तेस्रो चरणमा प्रवेश गर्‍याे भन्न मिल्दैन,’ सोमबार बिहान प्रवक्ता डा. देवकोटाले नेपालखबरसँग भने, ‘तर त्यो जोखिम क्षेत्रमा पर्‍याे।’

अहिले त्यस क्षेत्रमा व्यापक रूपमा टोली परिचालन भइरहेको र विवरणहरू संकलन सुरु गरिएको उनले जानकारी दिए।

याे पनि:

नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि, त्यहाँ आजै १५ भेटिए

नेपालमा पहिलोपटक देखियो ७ वर्षकालाई समेत कोरोना संक्रमण

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .