ad ad

समाज


नेपालगञ्जमा आजै १५ जना संक्रमित भेटिएपछि मुख्यमन्त्री पोखरेलको आह्वानः परीक्षणमा सहभागी हुनुहोस्

नेपालगञ्जमा आजै १५ जना संक्रमित भेटिएपछि मुख्यमन्त्री पोखरेलको आह्वानः परीक्षणमा सहभागी हुनुहोस्

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १४:२६,

नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले त्यहाँ संक्रमितसँग सम्पर्कमा रहेका सबैलाई परीक्षणमा सहभागी हुन आह्वान गरेका छन्।

‘नेपालगञ्जका लागि पीसीआर परीक्षण किट र पीपीई लगायतका थप सामग्री पठाइएको छ। संक्रमितको सम्पर्कमा रहेका सबै परीक्षणमा सहभागी हुनुहोला,’ नेपालगञ्जमा आइतबार साँझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट आह्वान गरेका छन्।

आइतबार नै वीरगञ्जमा पनि थप एकजनामा कोरोना संक्रमण भेटिएको थियो।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। तीमध्ये १६ जना निको भएका छन्।

यसैबीच, प्रदेश ५ सरकारका भौतिक पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले संक्रमित भेटिएका नेपालगञ्जको क्षेत्रलाई सिल गरी परीक्षणलाई तीव्र पार्ने, उनीहरुको सम्पर्कमा पुगेका सबैलाई पत्ता लगाई ती सबैजनाको परीक्षण गर्ने बताए।

‘त्यसका लागि आवश्यक पर्ने थप सामग्री पठाउन केन्द्रीय सरकारलाई आह्वान गरिसकेका छौं,’ चौधरीले नेपालखबरसँग भने, ‘हामीले आफै किन्न चाहे पनि बजारमा उपलब्ध नहुने हुँदा केन्द्रसँग आग्रह गरेका हौं।’

चौधरीका अनुसार नेपालगञ्जमा ५० बेडको कोरोना बिशेष अस्पताल तयार पारिएको छ। सो अस्पतालमा ३ भेन्टिलेटर र १० वटा आईसीयू सुबिधासहितको बेड उपलब्ध छन्।
‘आवश्यक परेमा नीजि अस्पतालबाट थप स्वास्थ्यकर्मीसहित थप सुविधा उपलब्ध गराउने व्यवस्था समेत गरेका छौं,’ चौधरीले नेपालखबरसँग भने।

याे पनि:

नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि, त्यहाँ आजै १५ भेटिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .