ad ad

समाज


बागमतीका १० अस्पतालमा इन्जिनियर्स एशोसिएसनका स्वाव संकलन बुथ

बागमतीका १० अस्पतालमा इन्जिनियर्स एशोसिएसनका स्वाव संकलन बुथ

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ८:४४,

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले स्वाव कलेक्सन बुथ निर्माण गरी बागमती प्रदेशका सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको छ।

एशोसिएसनले निर्माण गरेका स्वाव कलेक्सन बुध मंगलबार विभिन्न ६ वटा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको हो। कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षार्थ बुथ निर्माण गरिएको एशोसिएसनका सभापति नन्दलाल बञ्जाडेले बताए।

एशोसिएसनले मंगलबार दोलखाको चरिकोट, सिन्धुपाल्चोकको मेलम्ची र बाह्रविसे, काभ्रेको पाँचखाल, नुवाकोट खरानीटार र धादिङको धादिङवेसीका लागि कलेक्सन बुथहरु पठाएको छ। यसअघि रामेछापको मन्थली, सिन्धुपाल्चोकको चौतारा, काभ्रको मण्डनदेउपुर र नुवाकेटको विदुरमा ४ वटा स्वाव कलेक्सन बुथ पठाइएको उनले बताए।

कोरोना नियन्त्रणका लागि कोरिया तथा भारत लगायतका बुथहरुबाट स्वाव कलेक्सन भइरहेको सन्दर्भमा नेपाली इन्जिनियरहरुले पनि निर्माण गरेको एशोसिएसनका सदस्य सुरज गौतमले बताए। विषम परिस्थितिमा इन्जिनियरहरुले देशका लागि गर्न सक्ने सहयोग स्वरुप यो प्रयास गरिएको उनले बताए।

एउटा बुथ निर्माणमा ९० हजार देखि १ लाखसम्म खर्च हुने गरेको छ। एशोसिएसनका सदस्य तथा अन्य इन्जिनियरहरुले अहिले आर्थिक सहयोग गरिरहेका छन्। अहिलेसम्म विभिन्न इन्जिनियहरुबाट ४ लाख भन्दा बढी सहयोग भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .