ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा अस्पतालले कोरोना संक्रमणका कारण मृत घोषणा गरेकाे एक महिला जीवितै रहेको पाइएकाे छ।
कोरोना संक्रमित ७४ वर्षकी अल्बा मारुरीलाई अस्पतालले मृत घोषित गरेको भए पनि उनी जीवितै फेला परेकी हुन्।
यतिसम्मकि अस्पतालले परिवारका सदस्यलाई उनको अस्तु (खरानी) नै भनेर पठाइसकेको थियो।
तर ३ हप्ता कोमा बसाइपछि बिहीबार उनी बिउँझिइन् र आफ्नी बहिनीलाई फोन गरिदिन डाक्टरसँग आग्रह गरिन्।
यस्तो थाहा पाएपछि उनको परिवारको खुसीको सीमा रहने कुरै भएन।
यता अस्पतालले पहिचानमा भूल हुँदा जीवित व्यक्तिलाई मृत घोषित गरेर आफूबाट गम्भीर गल्ती भएकाे भन्दै माफी मागेको छ।
यो ट्विट हेरौं-
— LaHistoria (@lahistoriaec) April 25, 2020De no creer. Alba Maruri, 74 años, paciente de Covid-19 fue dada por muerta el 27 de marzo en hospital del Suburbio y su familia recibió sus cenizas. Resulta que cremaron a otra persona y Alba estuvo inconsciente 3 semanas hasta ayer, que preguntó por su hermana. #Guayaquil pic.twitter.com/vuTvbrGpz8
प्रतिक्रिया