ad ad

समाज


आज देशैभरि हावाहुरीसहित विशेष वर्षाको सम्भावना, सतर्कताको आवश्यकता

आज देशैभरि हावाहुरीसहित विशेष वर्षाको सम्भावना, सतर्कताको आवश्यकता

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १:११,

आज (आइतबार) काठमाडौं उपत्यकासहित देशैभरि हावाहुरी, मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

‘देशका पश्चिमी क्षेत्र, तराई तथा पहाडका केही स्थानमा त मौसम बदली सुरु भइसकेको छ,’ मौसमविद् पोखरेलले आइतबार बिहान नेपालखबरसँग भनिन्, ‘आज देशभरि नै हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाकाे सम्भावना देखिएको छ।’

उनका अनुसार यस्तो सम्भावना अहिले बिहानैदेखि नै रहे पनि विशेष गरी दिउँसोपछि देशव्यापी रूपमा  बढ्नेछ।

‘हिजो अस्ति देशका केही स्थानमा मात्र वर्षा हुने गरेको थियो, तर आज देशैभर हुने सम्भावना प्रबल छ,’ उनले भनिन्, ‘विशेषगरी आज (आइतबार) र भोलि (साेमबार) वर्षा, हावाहुरी, चट्याङको ठूलो सम्भावना छ।’

हावाहुरी तथा वर्षाको सम्भावना तराई पहाड दुवै भेगमा उत्तिकै रहेको उनले बताइन्। ‘यो पालि सिस्टम (मौसमी प्रणाली) अलि शक्तिशाली नै देखिएको छ,’ उनले भनिन्, ‘सबैले सतर्कता अपनाउन जरुरी छ।’

हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। ‘अहिले प्रिमनसुनको सिजन हो, त्यसैले एकैछिन खुले पनि/घाम लागे पनि पुनः बादल बनेर मौसम बदली हुने र वर्षा हुने हुन्छ,’ माैसमविद् पाेखरेलले भनिन्।

प्रिमनसुनको वर्षा त्यति धेरै लामो समय नहुने भए पनि आज हुने वर्षा त्यति धेरै छोटो समयको पनि नहुने उनले बताइन्।

मौसमविद्का अनुसार अहिले देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्नाका साथै बंगालको खाडीरअरब सागरबाटसमेत जलवाष्पयुक्त हावा आइरहेको छ। यसैकारण यहाँ मौसम बदली, हावाहुरी, मेघगर्जन, चट्याङ र वर्षाको विशेष सम्भावना बढेको हो।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनको मौसम अनुमान गर्ने गरकाे छ। त्यस आधारमा आगामी तीन दिनसम्म नै वर्षाको सम्भावना रहेको माैसमविद् पाेखरेलले जानकारी दिइन्। त्यसपछि पनि अझै केही दिन मौसम खुल्ने सम्भावना नरहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .