शनिबारसम्म अमेरिकामा ९ लाख २५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि हुँदा त्यहाँ मृत्यु हुनेको संख्या ५२ हजार २१७ पुगेको छ।
अमेरिकामा दैनिक हजारौं कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ। कोरोनाको खतरा नटरेकै अवस्थामा अमेरिकाका केही राज्यका प्रतिबन्धहरु खुला हुने भएका छन्।
जर्जिया, ओक्लाहोमा र अलास्का राज्यले कोरोनाविरुद्ध अपनाएको प्रतिबन्धको उपाय खुकुलो बनाएको बीबीसीले जनाएको छ।
जर्जिया र ओक्लाहोमाले सैलुन र स्पाहरु सोमबारदेखि खोल्नेछन् भने अलास्काले रेस्टुराँमा लगाएको प्रतिबन्ध फुकुवा गर्नेछ।
गा्रहकहरुले व्यक्ति–व्यक्तिबीचको दुरीको नियम अबलम्ब गर्नुपर्नेछ भने सडकमा हिँड्दा मास्क लगाउनुपर्नेछ।
विश्व स्वास्थ्य संगठनले लडकाउन खुला गर्ने विषयमा आपत्ति जनाएकै अवस्थामा अमेरिकी राज्यमा पसलहरु खुला हुने भएका हुन्।
आलोचनाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा लकडाउन खुलाउने पक्षमा वकालत गर्दै आएका छन्। एजेन्सी
प्रतिक्रिया